
श्रीलंका ३ सय ८१ रनमा अलआउट भएपछि पहिलो इनिङ्स थालेको इंग्ल्यान्डले बलियो जवाफ फर्काउन सकेको छैन ।इंग्ल्यान्ड २ विकेट गुमाएर ९८ रनको स्थितिमा रहेको छ । खराब सुरुवात गरेको इंग्ल्यान्डका लागि जोए रुटले ६७ रन बनाएका छन् । उनलाई जोनी बियरस्टो २४ रन बनाएर साथ दिईरहेका छन् ।
इंग्ल्यान्डका ज्याक क्रली ५ र डम सिबली भने शून्यमा आउट भए । दुबैको विकेट लसिथ इमबुल्डेनियाले लिए । यस अघि एन्जेलो म्याथ्युजको शतकको मद्दतमा श्रीलंकाले सबै विकेट गुमाएर ३ सय ८१ रन जोडेको थियो । म्याथ्युजले १ सय १० रनको योगदान दिए ।
यस्तै निरोशन डिकवेलाले ९२ रन जोड्दा दिलरुवान परेराले ६७ रन जोडे । यस्तै दिनेश चन्डिमलले ५२ रन बनाए । लहिरु थिरेमने ४३ रनमा आउट भए । इंग्ल्यान्डका जेम्स एन्डरले ६ विकेट लिए । मार्क उडको नाममा ३ विकेट रह्यो । सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । एजेन्सी