काठमाडौं – प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (आइतबार) दुई खेलहरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा उपाधि दाबेदार बागमती प्रदेशले लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

लुम्बिनीविरुद्ध मैदान उत्रदा बागमती लगातार चौंथो जितको खोजीमा हुनेछ । बागमती लुम्बिनीलाई हराएर सेमिफाइनलमा समेत पुग्न चाहन्छ । बागमतीले यस अघि पुलिस,सुदूरपश्चिम र प्रदेश(२ लाई हराएको थियो ।

समूह (बी) को बागमतीले ३ खेलमा ६ अंक जोडेको छ । बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ । लुम्बिनी भने तेस्रो जितको खोजीमा हुनेछ । लुम्बिनी पनि बागमतीलाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । लुम्बिनी ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रदेश-२ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश-२ र सुदूरपश्चिम पहिलो जितको खोजीमा रहेको छ । प्रदेश-२ ले २ खेलमा अंक जोड्न सकेको छैन । सुदूरपश्चिमले ३ खेलमा अंक जोड्न सकको छैन । सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ । खेलापाटीबाट साभार


तपाईको प्रतिक्रिया