जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग पराजित भएको छ । शनिबार राति भएको खेलमा लाइपजिग मैन्जसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

मैन्जको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा लाइपजिग पराजित भएको हो । खेलको १५ औं मिनेटमा टेलर एडम्सले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए । खेलको २४ औं मिनेटमा मोउसा निखाटेले गोल गर्दै मैन्जलाई १(१ गोलको बराबरीमा फर्काए ।

खेलको ३० औं मिनेटमा मार्सल हल्स्टेनवर्गले गोल गर्दै लाइपजिगलाई २-१ को अग्रता दिलाए । तर, खेलको ३५ औं मिनेटमा मैन्जका मोउसाले व्यक्तिगत दोस्रो गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ५० औं मिनेटमा लियान्ड्रो ब्यारेरोले गोल गर्दै मैन्जलाई ३-२ को जित दिलाए ।

जितसंगै मैन्जले सिजनको दोस्रो जित निकालेको छ । मैन्ज १० अंक जोडेर १७ औं स्थानमा रहेको छ । लाइपजिग ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एजेन्सी


तपाईको प्रतिक्रिया