काभ्रे (भकुण्डे) – अपाङ्गता भएका व्यक्तिलाई केन्द्रित गर्दै नमोबुद्ध नगरपालिकामा समुदायमा आधारित कार्यक्रम संञ्चालन हुने भएको छ । कार्यक्रमका लागि ईच्छुकले नगरपालिकामा आवेदन पेश गर्न नगरपालिकाले सूचना प्रकाशन गर्दै आग्रह गरेको छ ।

सूचना प्रकाशन मितिले १० दिनभित्र नगरपालिकामा निवेदन पेश गर्न आग्रह गरेको कुरा नगरपालिकाले सार्वजनिक गरेको सूचनामा लेखिएको छ । प्रकाशित सूचनामा लेखिएको छ, ‘ईच्छुक संस्थाहरुले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान,परामर्श पुर्वतयारी कक्षा संञ्चालन,समाहित शिक्षा, बिशेष शिक्षा तालिम रोजगार र ब्यवसायीक तालिम स्वास्थ्या उपचार सेवा, स्याहार तथा रेखदेख सेवा उपलब्ध गराउने मद्धत गर्नु पर्ने छ ।’

यस्तै अपाङ्गता भएका ब्यक्तीहरुलाई विद्यमान कानुनामा व्यवस्था भएकाले विभिन्न सेवा सुबिधा,अवसर बारे जानकारी दिने, विकास निमार्ण सम्बन्धी क्रियाकलाप तथा सार्वजनिक सरोकारका विषयमा समाहित गर्न समन्वय गर्नु पर्ने छ ।

अपाङ्गता भएका व्यक्तिका लागी समुदायमा आधारित कार्यक्रम समन्वय तथा अनुगमन समितिको बैठकले अपाङ्गता भएका व्यक्ति, परिवार स्थानीय निकायका पदाधिकारी समुदायका लागी अपाङ्गपन निरोध न्युनीकरण एवंम उपचारात्मक लगायत सचेतना सम्बन्धी तालिम कार्यक्रम, गोष्ठी, सभा,अन्र्तरक्रिया संञ्चालन गर्ने र गराउने निर्णय गरेको छ ।


तपाईको प्रतिक्रिया