काभ्रे (बनेपा) – जिल्लाको बनेपा नगरपालिका वडा नं ६ स्थित बुडोलमा शंकास्पद वस्तु फेला परेको छ । आज बिहान (झोलामा कुकर जस्तो देखिने) शंकास्पद वस्तु फेला जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार घटनास्थलमा प्रहरी पुगी सकेको छ । शंकास्पद वस्तु डिस्पोजलको लागि नेपाली सेना र प्रहरीको टोली पुगेको र डिस्पोजको कार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त विषयको थप विवरण आउन बाँकी रहेको प्रहरीको जानकारी छ ।

 


तपाईको प्रतिक्रिया