काभ्रे (धुलिखेल) – जिल्लामा आज एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । संक्रमति व्यक्ति धुलिखेल नगरपालिकाका पुरुष रहेको कार्यालयको जानकारी छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ सय २३ पुगेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार जिल्लामा आज ४ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाका कुल संक्रमितमध्ये ३२ सय ४७ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

काभ्रेमा अहिले ३२ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ । त्यस्तै काभ्रेमा अहिलेसम्म ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया