काभ्रे (मंगलटार) – जिल्लाको रोशी गाउँपालिकाको मंगलटारमा अस्थाई पशु क्वारेन्टाइन चेक पोष्टको स्थापना भएको छ ।जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख शिवराम पोखरेलले आज (शुक्रबार) अस्थाई पशु क्वारेन्टाइन चेक पोष्टको उद्घाटन गरेका हुन् ।

रोग भएका पशुहरुलाई डाक्टरले दिएको सिफारिसको आधारमा मात्र भित्रन दिइने पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिए । उनका अनुसार जाँच गर्ने क्रममा कुनै पशुमा रोग देखिए पशुलाई तत्काल फिर्ता पठाइने छ ।

त्यसैगरी चेक पोष्ट भएर जाने सबै ठाउँबाट आएका पशुहरुको पशु क्वारेन्टाइनमा जाँच गराइने प्रमुख दाहालले बताए । चेक पोष्टको लागि पालिकाले २ जना कर्मचारी समेत व्यवस्था गरेको छ । अहिले बनेको अस्थाई पशु क्वारेनटाइनलाई केही समय पछि स्थायी बनाइने प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष डिबि लामा, प्रमुख प्रशासकीय अधिकृत दाहाल, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डा. मोगलप्रसाद शाह र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीको उपस्थिती रहेको थियो ।

 


तपाईको प्रतिक्रिया