काभ्रे (धुलिखेल) – जिल्लामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १ जना महिला र धुलिखेल नगरपालिकाबाट १ जना पुरुष गरी थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयको जानकारी छ ।
त्यस्तै काभ्रेमा आज १ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार जिल्लाका कुल संक्रमित संख्या ३३ सय १९ मध्ये ३२ सय ३८ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।
काभ्रेमा अहिले ३७ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको विविरणमा उल्लेख छ । अहिलेसम्म काभ्रेका ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको कार्यालयको जानकारी छ ।