काभ्रे (धुलिखेल) –  काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले डा.माकाजु, केयूका पूर्वरजिष्ट्रार डा.भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम छनोट गरेको हो । केयूको उपकुलपति बन्न इच्छा देखाउँदै ४४ जनाले शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए ।

उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ ले निवर्तमान उपकुललपति प्रा.डा. रामकण्ठ माकजु, विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. भोला थापा र शिक्षाविद प्रा.डा. बालचन्द्र लुइँटेललाई सिफारिस गरेको थियो ।

सिफारिस गरिएका तीन जनामध्येबाट प्रा.डा. भोला थापा छानिएका हुन् । डा.थापाको कार्यकाल चार वर्षको हुन्छ । उनले लामो समय विश्वविद्यालयमा सेवा गर्दै आएका थिए ।

 


तपाईको प्रतिक्रिया