काभ्रे (तेमाल) – जिल्लाको तेमाल गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता संञ्चालन हुने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रतियोगिता संञ्चालन गर्न लागएिको गाँउपालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिए । उनका अनुसार गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप फुटवल प्रतियोगिता हुन लागेको हो ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आगामी माघको २५, २६ र २७ गते तेमाल गााउपालिका वडा नम्बर ७ चापाखोरीमा प्रतियोगिता संञ्चालन हुदैछ ।

प्रतियोगितामा प्रथम हुने समुहका लागी २ लाख, दोस्रो समुहका लागी १ लाख ५० हजार र तेस्रो समुहका लागी १ लाख रुपैया नगद पुरस्कारको ब्यबस्था गरिएको गाँउपालिकाले जनाएको छ । यस्तै सान्त्वना पुरस्कार ५० हजार, बेस्ट किपर,प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी र उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैया नगद पुरस्कारको ब्यबस्था गरिएको बताईएको छ ।


तपाईको प्रतिक्रिया