काभ्रे (पाँचखाल) – घरेलु हिंसा न्यूनिकरणका लागि जिल्लाको पाँचखल नगरपालिकाले घरेलु मदिरा सम्बन्धि नीति तयार गरेको छ । घरेलु हिंसा बृद्धी हुनुको मुख्य कारण भएको भन्दै नगरपालिकाले घरेलु मदिरा सम्बन्धि नीतिको ड्राफ तयार पारेको हो ।

नगरपालिकाको ८ औँ हिउदे अधिवेशनमा अहिले तयार पारिएको नीति पेश गरिने नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिइन् ।

उनका अनुसार नगरपालिकाको न्यायीक समितिमा यो आर्थिक वर्ष २ वटा विवाद घरेलु हिंसा दर्ता भएको छ । जसको २ वटै विवाद समाधान भइसकेको छ । नगरपालिकाले नीतिमा मदिरा सेवनको लागि उमेरहदको पनि व्यवस्था गरेको छ ।

 


तपाईको प्रतिक्रिया