काभ्रे (धुलिखेल) – जिल्लामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ३ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकाबाट ३ जना महिला र मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष गरी थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयको जानकारी छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको ३३ सय १५ पुगेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार काभ्रेमा आज ५ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् । कुल संक्रमित संख्या ३३ सय १५ मध्ये ३२ सय ३४ जनाको उपचारको संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले ३७ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ । जिल्लाका ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया