काभ्रे (धुलिखेल) – जिल्लामा आज २ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लाका कुल संक्रमित संख्या ३३ सय ७ मध्ये ३२ सय २९ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

जिल्लामा आज संक्रमित संख्या शून्य रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार काभ्रेमा अहिले ३४ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म ४४ जनाको कोरोनाका कारण मृत्यु भएको कार्यालयको विवरणमा उल्लेख छ ।


तपाईको प्रतिक्रिया