काभ्रे (बनेपा) – कोरोनाको जोखिमका कारण लामो समय बन्द रहेको सिनेमा हलहरु माघ १ गतेदेखि पुनः संचालनमा आएका छन् । त्यस्तै, काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ गोदामचोकमा अवस्थित जिल्लाकै पुरानो सिनेमा हल शुभकामना हलले आफ्नो स्वरुप नै परिवर्तन गरि मल्टिप्लेक्सको सुविधा सहित हल पुनः संचालनमा आएको छ ।

लामो समय बन्द रहेको हल अहिले नयाँ स्वरुपमा साजसज्जाका साथ संचालनमा ल्याइएको हलका संचालक दुर्गालाल प्रधानले बताए । उनका अनुसार अत्याधुनिक प्रविधिको प्रयोगसँगै पुर्णरुपमा एसी, डल्बी साउण्ड सिस्टम र अत्याधुनिक सिटसहित मल्टिप्लेक्सको सुविधामा हल संचालन गरिएको छ ।’

कोरोना भाइरसले नेपाली फिल्मी क्षेत्रलाई नराम्रो असर पारेको उल्लेख गर्दै उनले ११ महिना भन्दा बढि हल बन्द गर्नुपर्दा फिल्म व्यावसायीलाई निकै मार परेको बताए । जिल्लाको व्यापारिक शहर बनेपामा रहेको शुभकामना हल माघ १ गतेबाट संचालनमा आएसँगै चलचित्रकर्मीहरुले केही राहत महसुश गरेका छन् । साथै नेपाली चलचित्रलाई माया गर्ने र मन पराउने दर्शकहरुमा पनि हल संचालनमा आएसँगै नयाँ तरंग पैदा भएको छ । हल संचालनमा आएको पहिलो दिन नै हलमा उल्लेख्य मात्रामा दर्शकको उपस्थिति रहेको छ ।

नेपाल सरकारको मापदण्डलाई मध्यनजर गर्दै माक्स, सेनिटाइजर, सामाजिक दुरि कायम गरि शुभकामना हल संचालन भएको हो । माघ १ आज बाट नेपाली तथा हिन्दी चलचित्र प्रदर्शन भैरहेको छ । प्रत्येक दर्शकलाई मास्क सित्तैमा दिइने र प्रत्येक शो पछि हल पुर्णरुपमा सेनिटराइज गरिने हल संचालक प्रधान बताउँछन् ।

 

 


तपाईको प्रतिक्रिया