काभ्रे (धुलिखेल) – जिल्लामा आज संक्रमित संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै ४ जना कोरोनाका संक्रमित संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

स्वास्थ्य कार्यलय काभ्रका अनुसार जिल्लामा कोरोना संक्रमण भएका ३ हजार ३ सय १ जना मध्ये ३ हजार २ सय २३ जना कोरोना संक्रमणमुक्त भईसकेका छन् ।

यस्तै अब काभ्रे जिल्लामा ३४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस अघि जिल्लामा ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ ।


तपाईको प्रतिक्रिया