काभ्रे (धुलिखेल) – पछिल्लो २४ घण्टामा काभ्रेमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमितमध्ये पनौती नगरपालिकाबाट २ जना पुरुष र २ जना महिला, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष र बेथानचोक गाउँपालिकाबाट १ जना महिला गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयको जानकारी छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ सय ९९ पुगेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । काभ्रेमा आज ४ जना कोरोना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

कुल संक्रमित संख्यामध्ये ३२ सय १६ जना संक्रमणमुक्त भएको कार्यालयको विवरणमा उल्लेख छ । विवरण अनुसार जिल्लामा अहिले ३९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काभ्रेमा ४४ जनाको कोरोना संक्रमणका मृत्यु भएको जिल्ला सवस्थ्य कार्यालय काभ्रेले जनाएको छ ।


तपाईको प्रतिक्रिया