काभ्रे (पाँचखाल) – जिल्ला स्थित अरनिको राजमार्ग अन्र्तगत पाँचखालमा अरनिको यातायातका गाडी सञ्चालनमा रोक लगाइएको छ । हिजो दिउँसो बसको ठक्करबाट मृत्यु भएका पाँचखाल नगरपालिका वडा नं–३ का २५ वर्षिया दिवाकर भुजेलका आफन्तजन र स्थानीयले अरनिको यातायातका गाडी सञ्चालनमा रोक लगाएका हुन् ।

चालकको मृत्युपश्चात यातायात व्यवसायी समिति र मृतकका आफन्तबिच वार्ता नमिलेपछि आफन्तजन र स्थानीयले अरनिको यातायातका गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तर अरनिको यातायात बाहेकका अन्य सवारीलाई भने रोक नलगाइएको कार्यालयको जानकारी छ ।

मंगलबार सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौंबाट आउँदै गरेको बा २ ख ६६०२ नंम्बरको बसले बा ६ प ७८३४ मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार भुजेलको घटना स्थलामै मृत्यु भएको थियो ।

 


तपाईको प्रतिक्रिया