काभ्रे (धुलिखेल) – पछिल्लो समय काभ्रेमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । जिल्लामा अहिले १८ जना महिला र १९ जना पुरुष गरी ३७ जना मात्र सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

त्यस्तै काभ्रेमा आज संक्रमितको संख्या शून्य रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । त्यस्तै ३ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएको उनले बताए । उनका अनुसार काभ्रेका कुल संक्रमित संख्यामध्ये ३२ सय १२ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् ।

जिल्लामा कुल कोरोना संक्रमितको संख्या ३२ सय ९३ पुगेको कार्यालयको जानकारी छ । जिल्लाका ४४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको कार्यालयको विवरणमा उल्लेख छ ।

काभ्रेको १३ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा अहिले शून्य संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार रोशी गाउँपालिका, बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, चौरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिका अहिले संक्रममुक्त भएको छ ।


तपाईको प्रतिक्रिया