काभ्रे (धुलिखेल) – क्षयरोग सम्बन्धि उपचार पद्धती परिमार्जन भएपछि काभ्रेका ६ स्थानिय तहका स्वास्थ्यकर्मीहरुलाई आजबाट तालिम दिईएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेश स्वास्थ्य कार्यलय काभ्रेको आयोजनामा सुरु भएको तालिम ३ दिन चल्ने छ ।

क्षयरोग सम्बन्धि उपचार प्रोटोकल परिमार्जन भएको र पुराना साथै नयाँ स्वास्थ्यकर्मीहरुलाई यसको बारेमा थाहा नभएकाले उनिहरुलाई तालिम दिईएको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।

उनका अनुसार क्षयरोग भएका विरामीहरुको खकार संकलन र भण्डारण गर्न नेपाल सरकार राष्ट्रिय क्षयरोग केन्द्रले जिल्लामा ८४ वटा फ्रिज पठाएको र जिल्लाका सबै स्वास्थ्य संस्थामा वितरण गरिसकिएको छ ।

भकुण्डेबेशीमा आजबाट सुरु भएको आधारभुत तालिममा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल, महाभारत, खानीखोला र बेथानचोकका २१ जना स्वास्थ्यकर्मीको सहभागीत रहेको जिल्ला क्षयरोग कुष्ठरोग अधिकृत विष्णु प्रसाद जैसीले बताए । जिल्लामा १ सय १८ क्षयरोगका र ३ जना कुष्ठ रोगका सक्रिय विरामी रहेको जिल्ला क्षयरोग कुष्ठरोग अधिकृत विष्णु प्रसाद जैसीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया