काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकाको नगर अस्पताल निर्माणका लागि १६ रोपनी जग्गा प्राप्त भएको छ ।

खोपासी प्राथामिक स्वास्थ्य केन्द्र, खोपासीलाई नगर अस्पतालमा स्तरोन्नि गरी नगर अस्पताल निर्माणका लागि खोपासी सहकारी संस्थाले १६ रोपनी जग्गा सहुलियत पुर्ण रुपमा उपलब्ध गाएको हो ।

नगरपालिकालाई जग्गा उपलब्ध गराउने सम्बन्धमा नगरपालीका र खोपासी सहकारी संस्था लि. बीच आज जग्गा सम्झौता सम्पन्न भएको प्रमूख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले बताए । हाल अस्पताल निमार्णको प्रारम्भिक चरण मात्र सुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख पुरुषोतम तिमल्सिनाले बताए ।


तपाईको प्रतिक्रिया