काभ्रे (धुलिखेल) – जिल्लामा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमितमध्ये पाँचखाल नगरपालिकाबाट एक जना महिला र पनौती नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ सय ८७ पुगेको छ । जिल्लामा एक जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ । काभ्रेका कुल कोरोना संक्रमित संख्यामध्ये ३१ सय ८४ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले ५९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ । काभ्रेमा ४४ जनाको कोरोना संक्रमणका मृत्यु भएको छ ।


तपाईको प्रतिक्रिया