घरेलु टिम युएईले आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित निकालेको छ । आबुधाबीमा शुक्रबार भएको पहिलो एकदिवसीयमा युएईले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

आयरल्याण्डले दिएको २ सय ७० रनको लक्ष्य युएईले ४९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । युएईको जितमा चुन्दानगापोयिल रिजवान र मुहमद उस्मानले शतकीय इनिङ्स खेले । रिजवानले १ सय ९ रन बनाउँदा उस्मानले अविजित १ सय १ रन बनाए । वाहिद अहमेदले अविजित १८ र जवार फारिडले १५ रन बनाए ।

आयरल्याण्डका बारी म्याककर्थी र कुर्टिस काम्फरले २/२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो ।

आयरल्याण्डका पाउल स्ट्रर्लिङले अविजित रहदै १ सय ३१ रनको शतकीय इनिङ्स खेले । एन्डी बल्ब्रिनेले ५३ तथा कुर्टिसले २४ रन बनाए । युएईका रोहन मुस्तफाले २ विकेट लिए । यस जितसँगै चार खेलको सिरिजमा युएईले १-० को अग्रता बनाएको छ । एजेन्सी 


तपाईको प्रतिक्रिया