श्रीलंकन बलर अकिला धनन्जयले अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले स्पिनर धनन्जयलाई बलिङमा लगाएको १२ महिनाको निलम्बन फुकुवा गरेको छ ।

बलिङ एक्सन अनाधिकृत रहेको पाईएपछि गत अगस्टमा आईसीसीले धनन्जयलाई निलम्बन गरेको थियो । न्युजिल्याण्डविरुद्ध भएको टेस्ट क्रिकेट दौरान धनन्जयको बलिङ एक्सनबारे आईसीसीमा रिपोर्ट पुगेको थियो । तर, आईसीसीको विशेषज्ञ प्यानलले नयाँ बलिङ एक्सन नियमसंगत भएको पाएपछि उनी फुकुवामा परेका हुन् ।

आईसीसीको विशेषज्ञ प्यानलले उनको बलिङको नयाँ भिडियोहरु हेरेर छानबिन गरेको थियो । २६ वर्षे धनन्जय बलिङ एक्सनको कारण पटक पटक कारबाहीमा पर्दै आएका छन् । एजेन्सी


तपाईको प्रतिक्रिया