दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गर्ने टेस्ट टिमको घोषणा गरेको छ । दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा टेस्ट टिमको घोषणा गरेको छ ।

पाकिस्तान भ्रमण गर्ने टिममा २१ खेलाडीलाई समावेश गरिएको छ । यस्तै टिममा दुई नयाँ खेलाडीले टिममा स्थान बनाएका छन् । फास्ट बलर डेरिन डुपाभिलन र मिडियम पेसर ओट्निल बाार्टम्यानले पहिलो पटक टिममा स्थान बनाएका छन् । दक्षिण अफ्रिकाले यसै महिला पाकिस्तानको भ्रमण गर्नेछ ।

दक्षिण अफ्रिकाले पाकिस्तानसँग २ खेलको टेस्ट सिरिज खेल्नेछ । सन् २००७ देखि दक्षिण अफ्रिकाले पाकिस्तान भ्रमण गरेको छैन । हालै दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको टेस्ट सिरिज २-० ले जितेको थियो । एजेन्सी 


तपाईको प्रतिक्रिया