अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा भारत अलआउट भएको छ । सिड्नीमा शनिबार भारत पहिलो इनिङ्समा २ सय ४४ रन जोड्दा अलआउट भएको हो ।

दोस्रो दिन २ विकेट गुमाएर ९६ रन बनाएको भारतले तेस्रो दिन सम्हालिएर खेल्न सकेन । भारतका शुबमन गिल र चेतेश्वर पुजाराले समान ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ऋषब पन्तले ३६ रन जोड्दा रविन्द्र जडेजा २८ रनमा अविजित रहे । रोहित शर्माले २६ र कप्तान अजिन्का रहाने २२ रन बनाए ।

अष्ट्रेलियाका पाट कुमिन्सले ४ विकेट लिए । जोश हाजलउडले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अलआउट हुँदै ३ सय ३८ रन बनाएको थियो । घरेलु टोलीका लागि स्टेभन स्मिथले १ सय ३१ रनको शतकिय इनिङ्स खेले । रबिन्द्र जडेजाबाट बोल्ड हुनु अघि स्मिथले १६ चौकाको मदतले अष्ट्रेलियालाई बलियो अवस्थामा पुर्याएका थिए ।

ओपनर विल पोकोवस्कीले ६२ रन बनाएको ईनिङ्समा मार्नस लेबुसचेनने शतक बनाउन ९ रनले चुके । उनलाई जडेजाले अज्निका रहानेको हातबाट क्याच आउट गराए । अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् । भारतका जडेजाले ४ तथा जस्प्रित बुम्राहा र नाभदीप शैनीले २र२ विकेट लिए । मोहमद सिराजको नाममा एक विकेट रह्यो ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । पहिलो टेस्ट अष्ट्रेलियाले ८ विकेटले जितेको थियो । यस्तै दोस्रो टेस्ट भारतले ८ विकेटले नै आफ्नो बनाएको थियो । एजेन्सी

 


तपाईको प्रतिक्रिया