काठमाण्डौ – लोकप्रिय गायक गीता देबि र सन्तोष गिरीको पछिल्लो प्रस्तुति “चुरोट सल्काउने सलाई” बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द महेश नेपालले तयार परेका हुन भने लय कृष्ण दाहालले भरेका छन् ।

माया प्रेमका प्रसङ्ग भित्र तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग र अनु पराजुलीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धितालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई मिलन फिल्म्स प्रालिले सार्वजनिक गरेको हो ।

भिडियो हेर्नुहोस् :


तपाईको प्रतिक्रिया