काभ्रे (धुलिखेल) – जिल्लामा आज एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएको महिला संक्रमित बनेपा नगरपालिकाको रहेको कार्यालयको जानकारी छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ सय ८२ पुगेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार जिल्लामा आज ९ जनाको उपचारपछि कोरोना संक्रमणमुक्त भएका छन् ।

काभ्रेका कुल संक्रमितमध्ये ३१ सय ८३ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले ५५ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ । जिल्लामा अहिलेसम्म ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।


तपाईको प्रतिक्रिया