काठमाडौं – सुन्दर सुनामको गीत ‘मन’ भिडियो सहित सार्वजनिक भएको छ । समाजको वास्तविक पिडा बोकेको गीतमा शब्द तथा संगीत किरण गौतमको रहेको छ भने संगीत संयोजन नारायण दंगलको रहेको छ ।

किरण गौतम,पार्वती कार्की,सुन्दर सुनाम र सबित्री श्रीले स्वर दिएको गीतको अडियो तथा भिडियो काभ्रे संगम म्यूजिकबाट तयार गरिएको हो । निरेन श्रेष्ठले निर्देशन गरेको भिडियोमा आयुष्मा कार्की र सुदर्शन खतिवडाको दमदार अभिनय देख्न सकिन्छ । मारू भूमि नारायणले खिचेको भिडियोमा रोशन धितालको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस :

 


तपाईको प्रतिक्रिया