काभ्रे (बनेपा) – सुमित्रा सत्यालको लोक दोहोरी गीत “बिर्से पापिलाई” सार्वजनिक भएको छ । गीतमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ । घर त नुवाकोट, सुपारी गोजिमा, र्दुइ मुटु जोडेर जस्ता निकै आश लाग्दो गित बजारमा र्सावजनिक गर्न सफल गायिका सत्यालको “बिर्से पापिलाई” लोक दोहोरि गितको मिलन फिल्मस् बाट बजारमा आएको छ ।

उक्त गीतमा लय तथा शब्द पनि उहि गायिका सत्यालको रहेको छ । गीतको छाँयाकन कीर्तिपुरको विभिन्न स्थानमा मरुभुमी नारायणले गरेका हुन । यसैगरी उक्त गीतमा राकेश रनपाको मेकअप रहेको छ भने संजय श्रीपालले ऐरेन्ज गरेका छन् ।

उक्त गीतमा संचारकर्मी अरबिन्द्र गौतम र साबित्री श्रेष्ठले अभिनय गरेका छन् । गौतमले यो भन्दा पहिला बाध्य भए पराईको हुनलाई बोलको गीतमा अभिनय गरिसकेका थिए । आफुले यहीँ क्षेत्रमा कलम चलाउने भएको कारणले र आफुलाई रहर भएको कारणले गीतमा अभिनय गरेको गौतमले जानकारी दिए । साबित्री क्षेष्ठ पनि पछिल्लो समय आफ्नो छुटै पहिचान बनाउन सफल मोडल हुन । “बिर्से पापिलाई” बोलको गीतलाई रोशन धितालले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्


तपाईको प्रतिक्रिया