काभ्रे (पनौती) –  जिल्लाको पनौती नगरपालिका स्थित र्यालेमा छ्योर्तेन उद्घाटन भएको छ । लामा गुरु शेरप ग्याल्छेन लामाको प्रमुख आतिथ्यता तथा तामाङ बौद्ध महासंघका कोषाध्यक्ष सांगे दोर्जे सिंतान लगायतका लामागुरुहरुबाट बौद्ध परम्परा अनुसार छ्योर्तेन उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा तामाङ समाज बारे अध्ययनरत गर्दै आएका लेखक हरिश गोले तामाङले तामाङहरु धार्मिक तथा सामाजिक रुपमा एकता हुँदै गइरहेको र यस किसिमका सामाजिक एकता हुने भावनालाई उजागर गर्न सहि मार्गदर्शक गुरुहरुको आवश्यक रहेको र सामाजिक धार्मिक नेतृत्वको खाँचो रहेको बताए । उनका अनुसार आगामी दिनमा पनि यस्तै किसिमका कार्य योजनाहरु निर्माण हुने र त्यसको लागि अभ्यास भइरहेको छ ।

विगत ३ वर्ष निर्माण अवस्थामा रहेको उक्त छ्योर्तेन निर्माणको लागि स्थानीय निकायबाट २ लाख रुपैया र बाँकी ४ लाख रुपैँया स्थानीय बासिन्दाहरुबाट सहयोग भएकोे झ्याङछ्युप छोर्तेन निर्माण समितिका उपाध्यक्ष प्रताप लामाले जानकारी दिए ।

 


तपाईको प्रतिक्रिया