काभ्रे (मण्डनदेउपुर) – जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० स्थित जोगिटारमा पुरानो ऐतिहासिक जोगिटार पाटी गुठी निर्माणको लागि शिल्यान्यास भएको छ । बागमती प्रदेश सभा सदस्य सांसद लक्षमण लम्सालले पाटीको शिल्यान्यास सोमबार गरेका हुन् ।

पाटी निर्माण गर्नु हामी सबैको जिम्मेवारी भएको र यसको निर्माण समयमा नै सम्पन्न गर्न नगरपालिकालाई आग्रह गर्दैै सांसद लम्सालले भने,‘ सम्पदाहरुको संरक्षण गर्नु हाम्रो दायित्व भएकाले जोगिटार पाटी निर्माणको लागि प्रदेश सरकारको तर्फबाट १० लाख रुपैँया सहयोग गर्ने तयारी भएको छ ।’ विकास निर्माण कार्यमा सधै साथ र सहयोग गर्न तयार भएको बताउँदै उनले भने, ‘निर्वाचित सबैले जनताको चाहना अनुसारको विकास निर्माण सँगै हरेक पक्षमा जनतासँगै रहनुपर्छ । राम्रो बाटोमा हिँडे ताली र गलत बाटो लागेमा गाली गर्ने अधिकार जनताको हो । त्यसकारण जनताको पनि साथ र सहयोग चाहिन्छ ।’

शिल्यान्यास कार्यक्रममा बोल्दै नगरपालिका मेयर टोकबाहुर वाईबाले भने,‘ पाटीको शिलान्यास भएसंगै निर्माण सम्पन्न गर्न नगरले उचित रकमको व्यवस्थापन गर्ने र समय सिमा नै पाटी निर्माण सम्पन्न हुनेछ ।’ त्यस्तै पाटी निर्माण कार्य पुर्खहरुको उपचलाई जोगाउने महत्वपुर्ण कार्य भएको नेपाली कांग्रेस जिल्ला उपसभापति अच्युत पौडेलले बताए ।

विकास निर्माणका सबै कार्यहरुमा जनताको सहभागिता गराएर निर्माण गरिएको कामहरुबाट प्रतिफल राम्रो मिल्ने बताउँदै वडा अध्यक्ष केशब तिमल्सिनाले भने, ‘पुर्खहरुले छोडेर गएका सम्पदाहरुको संरक्षण गर्ने जिम्मा पनि हाम्रो भएको र वडाको विषेश पहलमा पाटी निर्माण गर्न स्थानीय तह सधैँ तयार छ ।’

मण्डनदेउपुर नगरपालिका प्रमुख मेयर टोक बहादुर वाईबा, गुठी संस्थानका केन्द्रिय उप निर्देशक सरोज थपलिया, नगरपालिकाको वडा नं २ का अध्यक्ष केशब तिमल्सिना, वडा अध्यक्ष बिष्णुमणि नेपाल, नेपाली कांग्रेस जिल्ला उपसभापति अच्युत प्रसाद पौडेल, गुठि सस्थान काभ्रेका पुर्व प्रमुख बासु पौडेल लगायतको यपस्थितिमा जोगिटार पाटी गुठीको शिल्यान्यास कार्यक्रम सम्पन्न भएको थियो ।


तपाईको प्रतिक्रिया