काभ्रे (चौबास) – जिल्लाको भुम्लु गाउँपालिका वडा नं ४ स्थित चौबासका ३ सय ५० परिवारलाई स्वास्थ्य तथा सरसफाई सम्बन्धि सर–सामान वितरण गरिएको छ । समाजसेवी ताराबहादुर कुवँरको पहलमा बागमती प्रदेश सभा सदस्य सांसद लक्षमण लम्सालको प्रमुख अतिथ्यतामा आईतबार बृद्ध, बालबालिका र महिलाहरुको लागि स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले समाजसेवी कुवरले धेरैखाले कामहरु गरेर सामजको लागि योगदान दिएको बताए । आफ्नो जन्म घर सम्झेर बहु उपयोगी स्वास्थ्य सामाग्री वितरण गरेका कुवँरलाई सांसद लम्सालले धन्यवाद व्यक्त गरे ।  प्रदेश सरकारले भुम्लुको विभिन्न विषयहरुमा विकास निर्माणदेखि सबै कार्यहरुमा सहकार्य गरिदै आएको सांसद लम्सालले बताए । उनका अनुसार खानेपानी, बाटो निर्माण , विद्यालय निर्माणसंगै स्वास्थ्य चौकीहरु निर्माण र प्रहरी चैकी निमार्णमा बजेट बिनियोजन गरिएको छ ।

 

चक्रपथ सरसफाई देखि रक्तदान कार्यक्रमदेखि कोभिडको समयमा विपन्न परिवारलाई खाद्यन्न वितरण गर्दै आएका कुवँरले आफ्नो जन्म स्थलमा केही नयाँ कार्य गर्ने सोचले स्वास्थ्य सामाग्री वितरण गरिएको उनले बताए । कोभिडका साथै जाडोको समयमा बालबालिका, महिला र बृद्धहरुको लागि बहुउपयोगी सामान वितरण गरिएको कुवँरले जानकारी दिए । हजुरलाई नमस्ते परोपकारी अभियान अन्र्तगतको कार्यक्रममा महिला, बृद्ध र बालबालिकाहरुको लागि उपयोगी बेबि क्रिम, बेबि स्याम्पु, महिलाहरुको लागि तेल लगायत ७ प्रकारको स्वास्थ्य उपयोगी विभिन्न सामग्रीहरु वितरण गरिएको कुवँरले बताए । उनका अनुसार करिब ७ लाख बराबरको सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी श्रेष्ठले गाउँपालिकाले जनताहरुको लागि धेरै काम भएको बताईन् । उनका अनुसार वडाहरुमा विभिन्न विकास निर्माणसंगै महिलाहरुको आथिक अवस्था उठाउने कार्यहरुमा समेत गाउँपालिकाले प्राथमिकता दिएको छ ।
कार्यक्रममा बागमती टिपर व्यवसायी संघ काभ्रेका निर्वतमान अध्यक्ष एंव व्यवसायी शेरबहादुर कुवँर, पत्रकार क्रान्ति दोङ, अरनिको यातायत सेवा समितिको उपाध्यक्ष नृर्भध्वज महत महत, नेपाली कांग्रेस भुम्लु गाउँपालिका सभापति तस्बीर लामा लगायतले तारा बहादुर कुवँरले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।


तपाईको प्रतिक्रिया