काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिका वडा नं १०, खोपासीमा रहेको पनौती जलविद्युत उत्पादन गृहमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले  भ्रमण गरेका छन् ।

जलविद्युत उत्पादन गृहको भ्रमण गर्दैे आगामी दिनमा यसको गुणस्तरमा बृद्धि साथै क्षमतामा पनि बृद्धि हुने बताउँदै यस विषयमा ध्यानाकर्षण हुने मन्त्री पुनले बताए । यस भ्रमणलाई उपलब्धिमूलक भ्रमण रहेको र आगामी दिनमा काभ्रे जिल्लामा जलविद्युतको क्षमता अवलोकन र भविष्यको विषयमा खाका समेत मन्त्रालयबाट तयार हुने पुनले जानकारी दिए ।

उक्त भ्रमणमा पुर्व उर्जाराज्य मन्त्री सूर्यमान दोङ, संविधान सभा सदस्य रामहरि सुवेदी, बागमती प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, पनौतीका नगर प्रमुख भीम न्यौपाने, नेपाल विद्युत प्राधिकरणका कामु प्रबन्धक निर्देशक ई. हितेन्द्रदेव शाक्यलगायत सरोकारवालाहरुको उपस्थिति रहेको छ । जिल्लाका अगुवाहरुले यस भ्रमणलाई सकारात्मक रुपमा लिएका छन् ।


तपाईको प्रतिक्रिया