काभ्रे (धुलिखेल) – जिल्लामा आज (शनिबार) २० जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै जिल्लाका ८ जना संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १० जना महिला र ७ जना पुरुष, धुलिखेल नगरपालिकाबाट २ जना महिला र पाँचखाल नगरपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

जिल्लामा संक्रमणमुक्त हुनेको संख्या बढेसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या घटेको छ । काभ्रेमा अहिले २ सय ८९ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार अहिले जिल्लाका कुल संक्रमित २८ सय ६२मध्ये २५ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।


तपाईको प्रतिक्रिया