काभ्रे (धुलिखेल) – जिल्लामा पछिल्लो समय कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । आज (शुक्रबार) एकैदिन ६९ जना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा संक्रमणमुक्त हुनेको संख्या बढेसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या घटेको छ । काभ्रेमा अहिले २ सय ७७ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार अहिले जिल्लाका कुल संक्रमित २८ सय ४२ मध्ये २५ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

जिल्लामा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ७ जना महिला र ७ जना पुरुष, धुलिखेल नगरपालिकाबाट २ जना पुरुष, पनौती नगरपालिकाबाट ३ जना महिला र ३ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट १ जना पुरुष र खानीखोला गाउँपालिकाबाट १ जा पुरुष गरी जिल्लामा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 


तपाईको प्रतिक्रिया