काभ्रे (धुलिखेल) – जिल्लामा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै आज ५९ जना संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट २ जना महिला र ६ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ४ जना पुरुष र २ जना महिला, पनौती नगरपालिकाबाट २ महिला र २ जना पुरुष, पाँचखाल नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला र मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला गरी जिल्लामा आज २४ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले बताए ।

उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २८ सय ७ पुगेको छ । त्यस्तै जिल्लामा अहिले ३ सय ४० जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका संक्रमितमध्ये २४ सय ३१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै जिल्लाका ३६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला बाहिर गरिएको परिक्षण्मा ९२ जनामा संक्रमण
विभिन्न समय र मितिमा जिल्ला भन्दा बाहिरका प्रयोगशालामा गरिएको कोरोना परिक्षण अनुसार बनेपा नगरपालिकाबाट १ जना महिला र ४ जना पुरुष, धुलिखेल नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष, पनौती नगरपालिकाबाट १ जना महिला र २ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ महिला र २ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ जना महिला, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना पुरुष र चौरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष गरी २२ जनामा संक्रमण पुष्टि भएको र यस बाहेक सम्पर्कमा नआएका ७० जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.झाले जानकारी दिए । उनका अनुसार जिल्ला बाहिर गरिएको परिक्षणमा कुल ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


तपाईको प्रतिक्रिया