काभ्रे (भकुण्डे) – जिल्लाको एतिहासिक धार्मिक स्थल नमोबुद्धमा हरेक वर्ष कात्र्तिक शुक्ल पुर्णिमाको दिनमा लाग्दै आएको मेला यस वर्ष नहुने भएको छ । नगरभित्र कोरोना भाईरसको संक्रमण तिव्र रुपमा फैलिएको जनाउँदै नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि. शर्माले एक सूचना जारी गर्दै मेला स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमण फैलने क्रम बढेका कारण विभिन्न जात्रा मेला तथा मानिसको बढि भीड हुने कार्यक्रमलाई यस अघि नै रोक लगाईएको र यहि मंंसिर १५ गते नमोबुद्धमा प्रत्येक वर्ष कात्र्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने मेलाका विभिन्न क्षेत्रबाट आउने भक्तजनहरुको भिड हुने र संक्रमण फैलने जोखिम भएका कारण मेला स्थगित गरिएको सूचनामा उल्लेख छ ।

साथै नगरपालिकाले कोरोना भाईरसको जोखिमबाट बच्न घर परिवारमै बसी स्वास्थ्य सजगता सहित पर्वहरु मनाउन आग्रह गरेको छ ।


तपाईको प्रतिक्रिया