काभ्रे (धुलिखेल) – जिल्लामा आज कोरोनाका कारण एक संक्रमितको मृत्यु भएको छ । त्यस्तै जिल्लामा आज ५८ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेमा चौरीदेउराली गाउँपालिकाका ७० वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार मृतकमा मंसिर ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा बनेपामा रहेको शिर मेमोररियल अस्पतालमा आज मृत्यु भएको डा. झाले बताए । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

जिल्लामा आज थपिएक कोरोना संक्रमितमध्ये ८ जना महिला र १४ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ३ जना महिला र ६ जना पुरुष, पनौती नगरपालिकाबाट ४ जना महिला र ९ जना पुरुष, पाँचखाल नगरपालिकाबाट २ जना महिला र ३ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष , तेमाल गाउँपालिकाबाट २ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट २ जना महिला र १ जना पुरुष र चौरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष गरी काभ्रेमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख डा. झाले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २४ सय २१ पुगेको छ । त्यस्तै जिल्लामा कोरोना सक्रिय कोरोना संक्रमितको ४ सय १५ रहेको छ । जिल्लाका अहिलेसम्म १९ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको जानकारी ।छ


तपाईको प्रतिक्रिया