काभ्रे (धुलिखेल) – जिल्लामा आज २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै जिल्लाका १५ जना आज संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ५ जना महिला र ४ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ६ जना पुरुष र ४ जना महिला, पाँचखाल नगरपालिकाबाट १ जना महिला, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, रोशी गाउँपालिकाबाट २ जना पुरुष, तेमाल गाउँपालिकाबाट १ जना पुरुष र चौरीदेउराली गाउँपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज २६ जनामा कोरोना संक्रमण पुष्टि भएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २३ सय ५९ पुगेको छ ।

हाल जिल्लामा ४ सय ४६ जना सक्रिय कोरोना संक्रमित रहेका कार्यालयको विवरणमा उल्लेख छ । त्यस्तै अहिलेसम्म काभ्रेका १८ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाका ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया