काभ्रे (धुलिखेल) – जिल्लामा आज ३६ जनामा कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै जिल्लाका ६४ जना आज संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट २ जना महिला र ९ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ७ जना पुरुष र ५ जना महिला, पनौती नगरपालिका बाट ३ जना महिला र ५ जना पुरुष, पाँचखाल नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला र मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष गरी ३६ जना नयाँ कोरोना संक्रमित थपिएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २३ सय ३३ पुगेको छ ।

हाल जिल्लामा ४ सय ३५ जना सक्रिय कोरोना संक्रमित रहेका कार्यालयको विवरणमा उल्लेख छ । त्यस्तै अहिलेसम्म काभ्रेका १८ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाका ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया