काभ्रे  (धुलिखेल) – जिल्लामा आज ५० जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा आज ३५ जना निको भएका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ४७८ जना रहेको छ ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार २९७ पुगेको छ । संक्रमित मध्ये १ हजार ८०१ जना निको भएका छन् । जिल्लामा ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार आज थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ११, बनेपाका २६, पनौतीका ४, पाँचखालका ५, रोशीका २ र मण्डनदेउपुरका २ जना रहेका छन् । अब जिल्लामा ४६३ जना सक्रिय संक्रमित रहेको पनि उनले जानकारी दिए ।


तपाईको प्रतिक्रिया