काभ्रे (पनौती) – जिल्लाको पनौती नगरपालिकामा महिलाहरुको लागि गरिने विभिन्न कार्याक्रमको लागि ४६ लाख ५० हजार रकम विनियोजन भएको छ । यस रकमबाट यो आर्थिक बर्ष महिलाहरुको लागि सिपविकास तथा विभिन्न खालनका जनचेतनामूलक कार्याक्रम गरिने नगरपालिकाका प्रमुख भिमप्रसाद न्यौपानेले बताए ।

यस मध्ये सिप विकास तथा आयआर्जनको तालिमको लागि मात्र ३ लाख ९० हजार रुपैँया विनियोजन भएको छ । यसैगरी वीउ पूजीँ परिचालनको लागि ६ लाख रुपैँया विनियोजन भएको छ ।

महिला, ज्येष्ठ नागरीक, अपाङ्गता भएका व्याक्तिहरुमा हुने हिंसा, शोषण, दुव्र्यवहारबाट संरक्षण तथा उद्धारका लागि सुरक्षात्मक कोष स्थापना समेत भइसकेको नगरपालिकाका प्रमुख न्यौपानेले जानकारी दिए । उनका अनुसार समुदायका विपन्न महिलाहरुको नेतृत्व तथा क्षमता बृद्धी गराई आर्थिक, सामाजिक, साँस्कृतिक, राजनैतिक विकासमा समेत जोड दिइनेछ ।


तपाईको प्रतिक्रिया