काभ्रे (धुलिखेल) – जिल्लामा आज कोरोना संक्रमित थपिएका छैनन् । जिल्लामा आज ३१ जना निको भएका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ४७८ जना रहेको छ ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार २४३ पुगेको छ । संक्रमित मध्ये १ हजार ७३४ जना निको भएका छन् ।

जिल्लामा ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।


तपाईको प्रतिक्रिया