काभ्रे (धुलिखेल) – जिल्लामा कोरोनाका कारण एक जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार मृत्यु हुनेमा धुलिखेल नगरपालिकाका ७३ वर्षीय पुरुष रहेका छन् ।

उनको उपचारको क्रममा अस्पतालमा कात्र्तिक २७ गते मृत्यु भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

त्यस्तै आज जिल्लामा २५ जना संक्रमित संक्रमणमुक्त भएको कार्यालयको विवरणमा उल्लेख छ । अहिलेसम्म काभ्रेका १६ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


तपाईको प्रतिक्रिया