काभ्रे (धुलिखेल) – जिल्लामा आज थप २९ जना नयाँ संक्रमित भेटिएका छन् । आज संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा धेरै बनेपाका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाका अनुसार बनेपाका १४ जना, नमााेबुद्ध नगरपालिकामा ६, पनौती नगरपालिकामा ५, धुलिखेल नगरपालिकामा ३, पाँचखाल नगरपालिकामा १ गरी जम्मा २९ जना नयाँ संक्रमित भेटिएका हुन् ।

यस्तै जिल्लामा आज २ जनाको काेराेना संक्रमणका कारण मृत्यु भएको छ । मृतक धुलिखेल नगरपालिकाका ७० वर्षीय महिला र ५५ वर्षीका पुुुरूष रहेका छन् । काभ्रेमा हालसम्म १९ जनाको काेराेना संक्रमणका कारण मृत्यु भैसकेको छ ।

आजै २० जना संक्रमित उपचार पश्चात निकाे भइ घर फर्किसकेका छन्।


तपाईको प्रतिक्रिया