काभ्रे (धुलिखेल) – जिल्लामा  आज कुनै पनि नयाँ संक्रमित देखिएनन् तर एक जना संक्रमितको भने मृत्यु भएको छ । जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ५३२ पुगेको छ ।

संक्रमित मध्ये ९७१ जना निको भएका छन् । आज १८ जना निको भएका हुन् । जिल्लामा २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ९ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

 


तपाईको प्रतिक्रिया