काभ्रे (धुलिखेल) – जिल्लामा आज १६ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै आज जिल्लाका पाँच जना संक्रमित संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

आज थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाबाट ३ जना महिला र ३ जना पुरुष, पाँचखाल नगरपालिकाबाट २ जना महिला र ४ जना पुरुष र नमोबुद्ध नगरपालिकाबाट ३ जना महिला र १ जना पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १५ सय २७ पुगेको छ ।

हालसम्म जिल्लाका ९ सय ४५ संक्रमित संक्रमणमुक्त भएका छन् । त्यस्तै काभ्रेमा अहिले ५ सय ६६ जना सक्रिय कोरोना संक्रमित रहेको कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ । जिल्लामा हालसम्म १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 


तपाईको प्रतिक्रिया