काभ्रे – कस्तुरीको विना सहित पाँचखालका दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका –१ दरबारमार्गस्थित सालिक चोकबाट प्रतिबन्धित कस्तुरीको विना सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे पाँचखाल नगरपालिका वडा नं ८ चिसापानी घर भई काठमाडौं बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र सोही ठाउँ घर भई काठमाडौं डल्लु बस्ने ३६ वर्षीय राम कुमार लामा रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार दरबारमार्ग क्षेत्रमा प्रतिबन्धित कस्तुरीको विना अवैध रुपमा किनबेच गर्नको लागि लुकाई छिपाई ल्याएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूबाट १ थान कस्तुरीको विना र ४ थान मोबाइल बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीको जानकारी छ ।


तपाईको प्रतिक्रिया