फ्रान्सेली मिडफिल्डर पाउल पोग्बा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडमै बस्ने भएका छन् ।

२७ वर्षीय पोग्बाले युनाईटेडसँगको सम्झौता थप एक वर्षका लागि नवीकरण गरेका छन् । सम्झौता नवीकरणसँगै पोग्बा सन् २०२२ सम्म युनाईटेडमा रहने भएका छन् । विश्वकप विजेता मिडफिल्डर पोग्बा र युनाईटेडबीचको सम्झौता यसै सिजनको अन्त्यमा सकिदै थियो ।

तर, सम्झौता नसकिदै पोग्बा युनाईटेडमा रहन तयार भएका हुन् । पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा चलिरहेको बेला पोग्बाले युनाईटेडसँग सम्झौता गरेका हुन् । पोग्बा सन् २०१६ मा युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए । पोग्बाले गत सिजन चोटको कारण मात्र २२ खेल खेलेका थिए । यस सिजन भने तीन खेल खेलिसकेका छन् ।


तपाईको प्रतिक्रिया