काभ्रे (धुलिखेल) – नेपालमै चर्चित शक्तिपिठहरु दसैको अवसरमा बन्द हुने भएको छ ।

दैनिक जसो जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैँको नवरात्रीमा जिल्लाका विभिन्न शक्ति पिठको दर्शनमा रोक लगाएको छ । कार्यालयले शुक्रबार विज्ञप्ती जारी गर्दै दशैँमा जिल्लाका मठमन्दिरमा पुजाआजा गर्न निषेध गरेको जनाएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा गृह मन्त्रालयको निर्देशन अनुसार जिल्लाका शक्ति पिठको दर्शन र बली दिने काममा रोक लगाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।


तपाईको प्रतिक्रिया